भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९।५ ओभरमा पहिलो विकेट गुमाएको छ ।

कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ ।