एसिया कप : भारतविरुद्ध नेपालको सय रन पूरा

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले सय रन पूरा गरेको छ। नेपालले २१.३ ‍ओभरमा ३ विकेट गुमाएर सय रन पूरा गरेको हो। सय रन पूरा गरे लगत्तै नेपालले चौथो विकेट गुमाएको छ।

कुशल मल्ल २ रनमै आउट भएका थिए। अहिले आसिफ शेख र गुल्सन झा ब्याटिङ गरिरहेका छन्।

कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा बोल्ड भएका छन्।त्यसअघि भीम सार्की ७ रनमा भारतका रविन्द्र जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भएका छन्।

नेपालका ओनपर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझोदरी गरेका थिए।

भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।

यद्यपी भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।