सुवास नेम्वाङको निधनले स्तब्ध छु : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

तत्कालीन संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो ।

काठमाण्डौको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको अस्पतालले जनाएको छ ।