‘हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं, कहिल्यै बिर्सने छैनौं’ : एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘ एमालेले अभिभावक गुमाएको बताएका छन्।

नेम्वाङको निधनबाट एमालेको मियो ढलेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’