एसिया कप : पाकिस्तानमाथि भारतको शानदार जित, पाकिस्तान२२८ रनले पराजित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ।

भारतले यो खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा एक सय २८ रनमा अलआउट भयो।

भारतका कुलदिप यादव एक्लैले ५ विकेट लिए। पाकिस्तानका फकार जमानले २७ तथा इफ्तिखर अहमद र आघा सलमानले समान २३ रन जोडे।

त्यसअघि टस हारेर ब्याटिङको जिम्मा पाएको भारतका लागि विराट कोहलीले एक सय २२ र केएल राहुलले एक सय ११ रन जोडेका थिए।

यो खेलमा भारतले पाकिस्तानविरुद्ध दुईवटा कीर्तिमान बनाएको छ। सर्वाधिक रनको लक्ष्य र सर्वाधिक रनअन्तरको जितको कीर्तिमान बनाएको हो।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतले पाकिस्तानमाथि बढीमा १ सय ४० रनको जित हात पारेको थियो।