गैरीगाउँ हत्या प्रकरण : एक जना पक्राउ

काठमाडौं । गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई नियन्त्रणमा लिएको हो ।

हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, घटना उनले नगराएको हुनसक्ने देखिएपछि आज दोस्रो व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले बतायो ।

पक्राउ परेका यी व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा पहिचान भएका थिए । उनी रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ ।