सुन तस्करी प्रकरण: कृष्ण महराले बयानमा के भने ?

काठमाडौं ।  भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले पहिलेदेखि चिनेको भएकाले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई सामान छुटाउन भनेको बयान दिएका छन् ।

सुटकेशभित्र ७३ व६ा बट्टामा रहेको ७३० थान भेप त्रिवि भन्सार कार्यालयमा जफत भएपश्चात दाओजिन वाङले उक्त सामान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझिदिनुपर्‍यो भनी आफूलाई भनेको बयान दिएका छन् ।

महराले गरेको कागज 

मिति २०७९/०९/१० गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ यात्रु Li Hansong ले दुई वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (Vapes) त्रि.बि. भन्सार कार्यालयमा जफत भए पश्चात Daojin Wang ले उक्त सामान त्रि.वि. भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझि दिनु पर्यो भनि मलाई भनेको तथा मैले अरुण पोखरेललाई पहिले देखी चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरि दिनु होला भनि फोन गरेको हो । मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त ईलेक्ट्रिक सिगरेट (Vapes) जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरि दिनु भनि अरुण पोखरेलको सम्पर्कमा गएका हुन । निज Daojin Wang सँग मेरो पुरानो चिनजान हो, निजले मलाई आफु एउटा फलफुल ब्यपारीको रुपमा नेपालमा ब्यापार गर्ने भनि चिनाएका थिए र निज सँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो । यो बाहेक निजसँग अन्य कुनै बिषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन भन्ने ब्यहोराको कृष्ण बहादुर महराको कागज ।