ब्रेन्टफर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्षस्थानमा

काठमाडौं । शनिबार राति भएको इङ्लिस प्रिमियर फुटबलमा ब्रेन्टफर्डलाई उसैको मैदानमा १–० गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा आर्सनलले खेलको अन्तिममा निर्णायक गोल गरेको थियो । आर्सनलको जितमा केइ हाभर्ट्ज नायक बन्नुभयो । उहाँले ८९औं मिनेटमा बुकायो साकाको पासमा हेड गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अङ्क दिलाउनु सफल भयो ।

शनिबार साँझ भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुल १–१ गोलको बराबरीमा रोकिएपछि आर्सनलले शीर्षस्थान कब्जा गर्ने मौका पाएको हो । जितसँगै आर्सनलले १३ खेलबाट ३० अङ्क बनाएको छ ।

दोस्रो स्थानमा रहेको सिटीको २९ र तेस्रो स्थानमा रहेको लिभरपुलको २८ अङ्क बनाएको छ । अन्य खेलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई ४–१ र वेस्ट हाम युनाइटेडले बर्नलीलाई २–१ गोलले स्तब्ध बनाएको छ । एजेन्सी