पाकिस्तानको एक सपिङ मलमा आग लागि हुँदा ११ जनाको मृत्यु, २० जनाभन्दा बढी घाइते

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिवार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । बढी जलेको कारण तीन जनाको अवस्था गम्भीर रहेको छ । दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिनुभएको छ । सिन्ह्वा÷न्यूज एजेन्सी नेपाल