वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध प्रदर्शन काष्ठमण्डप अगाडि सचेतनामूलक कला प्रदर्शन

काठमाडौं । काठमाडौंको काष्ठमण्डप अगाडि महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी गरिएको छ । आइतबार महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतको दोस्रो दिन लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको छ ।

सामुदायिक वन उपभोत्ता महासङ्घ, नेपालको आयोजना तथा आभा फर क्रिएटिभिटीको संयोजन एवं परिकल्पनामा काष्ठमण्डप अगाडि वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध प्रदर्शन गरिएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको हो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ ।

वि‍।सं। २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।