झापाली ठूलो कि स्याङ्झाली ?

काठमाडौं । झापाली र स्याङ्जालीबीचको लडाइँले को ठूलो भन्ने लडाईं चल्न थालेको छ ।

 

महिनौँदेखि चलिरहेको दुई जनाको द्वन्द्वमा पेशागत संगठनहरुचाहिँ झापालीको पक्षमा उभिएका छन् । उनीहरु बीच प्रणय नामक एल्बमको १२ वर्षअघिको लफडा निकालेर सुवास रेग्मीले प्रमोदसँग एक करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेपछि सम्बन्धमा चिसोपना आएको थियो ।चार महिनादेखि विन्ध्यवासिनी म्युजिक कम्पनीका मालिक सुवास रेग्मी र गायक प्रमोद खरेलबीच लफडा चलिरहेको छ ।

पेशागत संगठन भने प्रस्तोता समाज नेपाल गायक प्रमोद खरेलको पक्षमा खडा भएको छ । लकडाउनपछि विन्ध्यवासिनी म्युजिक र प्रमोद खरेलबीच प्रतिलिपि अधिकारको विषयमा लफडा चल्न थालेको थियो । रेग्मीले मुद्दा नै हालेर प्रमोदलाई तह लगाउने बिचार गरेपछि झापाली प्रमोद पनि के कम ? उनी मुद्दा आफ्नो पक्षमा ल्याउन लागिपरेका छन् ।