इन्डियालाई अष्ट्रेलियाले जित्यो

एजेन्सी । चौथो टेष्ट क्रिकेटको भारतविरुद्धको खेलमा अष्ट्रेलियाले पहिलो दिन मीठो सुरुवात गरेको छ । ब्रिसबेनमा पहिलो दिन अष्ट्रेलियाले ५ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।

 

घरेलु टोलीका लागि मार्नस लबशेनले शतकीय इनिङ्स खेले । उनले १ सय ८ रन बनाएका छन् । पहिलो दिन सकिदाँ कप्तान टिम पेन ३८ र क्यामरन ग्रिन २८ रनमा अविजित रहे ।भारतीय टिमले चौथो टेष्टमा चार परिवर्तन गरेको थियो । वासिङ्गटन सुन्दर र टी नटराजनले भारतीय टिमबाट डेब्यु गर्दा शार्दुल ठाकुरले दुई वर्षपछि टेष्ट क्रिकेटमा फर्किए ।
योसंगै मयाङ्क अग्रवाल समेत भारतीय टिममा फर्किएका हुन् । अष्ट्रेलियाले भने एक परिवर्तन मात्र गरेको थियो । पहिलो इनिङ्समा अष्ट्रेलियाले मार्कस ह्यारिस र डेविड वार्नरको विकेट गुमाएको थियो । वार्नर १ रनमा आउट भए भने ह्यारिसले पनि ५ रनमात्र जोड्न सके । १७ रनमा दुई विकेट गुमाएको अष्ट्रेलियाको इनिङ्स स्टिभ स्मिथ र मार्नस लबुशेनले सम्हाले । दुवै ब्याट्सम्यानले लन्च ब्रेकसम्म ४८ रनको साझेदारी गरे ।

 

पाहुना टोलीले लन्च ब्रेक लगत्तै विकेट गुमाएको थियो । ब्याट्सम्यान स्टिभ स्मिथ ३६ रन बनाएर ८७ रनमा आउट भए । लगत्तै मार्नस लबुशेन र म्याथ्यु वेडले घरेलु टोलीको इनिङ्सका उकासेका थिए । पहिलो दिनको तेस्रो सेसनमा अष्ट्रेलिया १ सय ५४ रनमा ३ विकेट गुमाएर अघि बढेको थियो । घरेलु टोलीले २ सय बनाउन बनाउँदा वेड ४५ रनमा आउट भए । लगत्तै लबुसेन १ सय ८ रन बनाएर पविलियन फर्किए । डेब्यु टेष्टमा नटराजनले उनको विकेट लिए । त्यसपछि कप्तान टिम पेन र क्यामरन ग्रिनले घरेलु टोलीको इनिङ्स सम्हालेका थिए । दुवैले छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरेका छन् । चार म्याचको टेष्ट सिरिज १–१ को अवस्थामा छ ।