रुस र नर्थ कोरिया : सिक्काका दुई पाटा

काठमाडौं । दशकौं लामो द्वन्द्वपछि अमेरिका र रुसवीच उत्तर कोरियालाई आणविक अस्त्र नियन्त्रण गर्ने सहमति भएको थियो । योे सहमति रुसले तोडेको छ । रुसले उत्तर कोरियालाई आणविक निगरानीबाट जोगाउनुको कारणले उत्तर कोरिया अनियन्त्रित रुपमा आणविक अस्त्र निर्माण गरेर विश्व असुरक्षा र तनावको यो ठूलो कारण बन्न पुगेको छ । हालै रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भिटो प्रयोग गरेर उत्तर कोरियामाथि बिगत १५ वर्षदेखि लागेको आणविक कार्यक्रममा अनुगमन गरिरहेको विज्ञहरुको राष्ट्र संघ प्यानललाई ध्वस्त पारिदिएको छ । रुसको असन्तुष्टि विश्व सुरक्षामा खतराको नयाँ संकेत हो । किनकि पहिले रुसले प्रतिवन्धबारे प्यानलको रिपोर्टलाई स्वागत ग¥यो, उत्तर कोरियाको आणविक कार्यक्रम विश्वव्यापी खतरा मान्यो ।

तर अहिले रुसले यू टर्न लियो । राष्ट्र संघको प्यानलले गरेको दावी अनुसार उत्तर कोरियाले रुसलाई युक्रेन विरुद्धको युद्धमा आर्टिलरी गोला, मिसाइल आपूर्ति गरिरहेको छ र त्यसको बदलामा रुसले इन्धन र अन्य सामान पठाइरहेको छ भन्ने प्रमाणित हुनपुगेको छ । युक्रेनमाथि रुसको हमला उत्तर कोरियाका लागि फाइदाजनक हुनपुगेको छ । प्यानलले यसको प्रमाणका रुपमा उपग्रह छविहरु संकलन गरेको छ । आणविक प्रसार रोक्ने विश्वव्यापी प्रयासलाई रुसले नचाहेको राष्ट्रसंघ नियमनकारी प्यानलको बिघटन प्रमाण हो ।

शीतयुद्धकाल पछि इरान र उत्तर कोरियाको चुनौती सामना गर्ने साझेदार मुलुक थिए अमेरिका, रुस र चीन । इरान वार्ताकालमा अमेरिकाकै पक्षमा थिए । २०१६–२०१७ सम्मको फायर र फुरी अवधिमा उत्तर कोरियालाई मद्दत पनि गरेका थिए । त्यो कालखण्डमा रुसले निरन्तर उत्तर कोरियाविरुद्धको प्रतिवन्धको पक्षमा मतदान गरिरहेको थियो । तर आणविक सस्त्र बिस्तार र धम्की विरुद्धको एकता टुटेको छ । उत्तर कोरियाको आणविक सुविधाले चीन र रुसलाई पनि चुनौती छ, प्यानलको बिघटनसँगै त्यो हराएको छ ।

रुसले उत्तर कोरियालाई प्रतिबन्धबाट बचाउन मद्दत गरेको छ । रुस र चीन दुबै इरानमा भइरहेको युरेनियमको संचयलाई बढावा दिएको देखिन्छ । आणविक हतियार बिस्तार नरोकिने जोखिम बढेको छ ।

अचम्म के छ भने, उत्तर कोरियाको लगातार मिसाइल परीक्षणको लागि निन्दा गर्ने प्रस्तावहरूमा रुस र चीनले अस्वीकार गरेका छन् । द्दण्ण्ढ मा काम सुरु गरेको एक्सपर्ट कमिटीको बिघटनले नयाँ दबाबहरु सिर्जना गरेको छ ।

रुसले प्यानल बिघटन गरेर ठूलै काम गरेको ठानेको देखिन्छ । प्यानल बिघटनपछि रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनेका छन्– अमेरिका र उसका सहयोगीहरुले प्रदर्शन नर्थ कोरियाको घाँटी निचोर्ने खालको छ । अर्थात् रुस नर्थ कोरियाको आणविक बिस्तारमा सहमत छ ।

कमिटीलाई अनुसन्धानको ठूलो पावर नभए पनि १८ वर्ष अघि पारित स्याङ्सन बिपरित कसरी उत्तर कोरियाको आर्थिक सम्बन्ध बिस्तार र बिलासिताका सामानहरु उत्तरमा पुगे भन्ने बारेमा गहन अध्ययन गरेको थियो ।

रुसले प्यानल विरुद्ध भिटो लगाएर मारिदियो । विश्वमा शान्ति चाहनेहरुले रुसको निर्णयको निन्दा ग¥यो, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई निन्दनीय रूपमा कमजोर पारेको छ भनेर शान्ति पक्षहरुले निन्दा गरेका छन् । रुसको भिटोको नतिजाले उत्तर कोरियालार्य लापरवाह व्यवहार र अस्थिर उत्तेजनाका लागि थप हौसला दिएको छ ।
२००६ मा पहिलो पटक परमाणु हतियारको परीक्षण गरेपछि उत्तर कोरियालले अहिलसम्म कतिवटा आणविक हतियारहरू उत्पादन ग¥यो भन्ने रहस्य नै छ । आणविक विज्ञहरू ५० वा ६० वटा हतियार रहेको विश्वास गर्छन् । एक अनुमान अनुसार ४० देखि १०० सम्मको संख्यामा हुनसक्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको नियमनको अभावमा स्थिति स्पष्ट छैन ।

विश्वमा चिन्ताको विषया आणविक शस्त्रागारको आकार होइन । आणविक अस्त्रको दुरुपयोगको मनसाय हो । उत्तर कोरियाबारेका विज्ञहरू भन्छन्– १९५० को कोरियाली प्रायद्वीपमा भएको युद्धको अवस्थाभन्दा खतरनाक छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई प्रमुख दुश्मन मानिसकेको छ । यो घोषणाले पुनः एकीकरणको विचार त्यागेको छ र किम इल सुङले जस्तै किम जोङ उनले घातक युद्धको तैयारी गरिरहेका छन् । विश्वका शस्त्र बिज्ञहरुका अनुसार किम जोङ उनले कुनै पनि बेला न्यूक्लियर उइपन्सको ट्रिगर दबाउन सक्छन् । उत्तर कोरियाको प्रोभोकेशनले अमेरिका, दक्षिण कोरिया, जापानलाई नियमित चेतावनी दिइरहेको छ ।

रुसले झैं उत्तर कोरियाले पनि आणविक हतियारको प्रयोग गर्ने बारे खुला रुपमा बोल्न थालेका छन् । रुसका कारणले उत्तर कोरिया आणविक हतियारको उत्तेजना फैलाएर विश्वशान्ति खलबल्याउन उद्दत देखिन्छ ।