देशमा लुटतन्त्र व्याप्त भएको पूर्व मन्त्री एवं सांसद केसीको आरोप

काठमाडौं । देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरु निराश रहेको नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बताएका छन् । पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको समेत आरोप लगाए ।

सांसद केसीले देश असन्तोष, अराजकता र बिद्रोहतिर उन्मुख भएको बताउँदै अहिले देशको राष्ट्रिय अवस्था सोचेको जस्तो सहज नरहेको समेत बताए । ‘‘अहिले राष्ट्रिय परिस्थिति नाजुक छ । आम जनतामा निराशा छ । असन्तोष छ । यथास्थितिवाद छ । यथास्थिति भन्नाले अहिलेको अवस्थाको विरोधमा छ । वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ । लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ । त्यसैले जहाँ जहिले पनि निराशा र असन्तोष छ । असन्तोषबाट अराजकता, अराजकताबाट बिद्रोहतिर उन्मुख छ ।,’’ सांसद केसीको भनाई थियो ।