शुरु भयो ट्राफिक सचेतना सप्ताह, सम्भय सडक संस्कार बनाउन गृहमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले सभ्य सडक संस्कारको माध्यम दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको बताएका छन् । २०८१ शसश्र भएसँगै ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गर्दै गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन् ।

सार्वजनिक यातायात सुधारका लागि पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न यातायात व्यवसायीहरूले माग गरेका थिए । अभियानले धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्न काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनीता डङ्गोलको बताइन । ३० वर्ष अघिको सडक ऐनले वर्तमानको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले संशोधन गर्नु पर्ने डङ्गोलको धारणा थियो ।

काठमाडौँको न्युरोड गेटबाट सुरु भएको र्‍यालीमा सहभागी भई मन्त्री लामिछानेले अभियानको सुरुवात गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित अभियान एक सातासम्म सञ्चालन हुनेछ।

सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले जानकारी दिए । अभियानका क्रममा पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेट समय दिइएको थियो ।