केपी ओली प्रमुख अतिथि भएको कार्यक्रम गगन र प्रदीपले किन गरे बहिष्कार

काठमाडौँ । आफू निर्वाचित भएको क्षेत्रको स्थानीय तहले नगर अस्पताल उद्घाटन गर्ने क्रममा आफू (प्रदीप पौडेल ) र सांसद एव नेपाली कांग्रेसका महामन्त्री गगन थापालाइ अपमानजनक व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा र सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रम बहिष्कार गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्रमा नं. ५ मा पर्ने बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवा खानीमा आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम थापा र पौडेललाई साधारण नागरिक जस्तै गरी उपस्थितिका लागि मात्र निम्तो दिएपछि मर्यादाक्रमलाई समेत वेवास्ता गरी अपमान गरेको भन्दै दुई सांसद सहित कांग्रेस नगर समिति समेतले बुढानिलकण्ठ नगरपालिकाकाको नगर अस्पताल उद्घाटन कार्यक्रम बहिष्कार गरेको हो ।

थापा र पौडेललाई अपमानजनक ढङ्गले कार्यक्रममा सहभागीका रूपमा पत्र पठाइएकाले सो क्षेत्रमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधहरू र पार्टीले समेत बहिष्कार गरेको कांग्रेस बुढानीलकण्ठ नगर समितिले जनाएको छ । नगर प्रमुख मिठाराम अधिकारीले पठाएको पत्रमा उनीहरूलाई सहभागी हुन भनिएको छ ।