टुँडिखेलमा क्रिकेट क्रेज

default

काठमाडौं । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा चलिरहेको टी–२० विश्वकप क्रिकेट क्रेजले काठमाडौंको टुँडिखेल निकै नै तताएको छ । काठमाडौं महानगरपालिकाले क्रिकेट खेलका समर्थकहरुलाई विश्वकप हेर्न सहजताका लागि टुँडिखेलमा बसेर प्रत्यक्ष हेर्ने व्यवस्था गरिदिएपछि क्रिकेट क्रेट टुँडिखलेमा देखिएको छ । अहिले नेपाल र नेदरल्याण्ड्सको खेल छ ।

अमेरिकाको रंगशालामा जस्तै काठमाडौंको टुँडिखेलमा पनि हजारौ समर्थकहरु क्रिकेट प्रत्यक्ष हेर्न पुगेका छ । नेपालले १० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थन पनि निकै उत्साहित छन् । अमेरिकामा बस्ने नेपालीहरुको सो रगशालामा उत्साहजनक सहभागिता देख्न सकिन्छ ।

महानगरले महानगरका तीन स्थान टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट