१ अर्वको भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर गजेन्द्र महर्जन विरुद्ध अदुवाको गर्जन

काठमाडौं । करीव १ अर्व रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा ललितपुर जिल्ला गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्व विगोको मुद्दा दायर गरेर कडै गर्जन दिएको छ । संघीय संरचना अनुरुप दोश्रो कार्यकालका लागि पनि निर्वाचित भएका मेयर महर्जनले १ अर्वको भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ । आयोगले ले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको दाबी गर्दै मेयर महर्जन सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुमाथि १ अर्ब ४ करोड रुपैयाँ बिगो माग दाबीसहितको आरोपपत्र विशेष अदालतमा पेश गरिएको छ। अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै अरु पाँच वटा छुट्टारछुट्टै मुद्दा पेश गरेको छ ।