बालेनलाई गाली गर्ने ओलीले नातिनी सुनितालाई के सल्लाह दिए ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनले सत्ताका मातमा उन्मुक्त भएको संघीय सरकारमा बस्ने नेताहरुलाई चुनौती दिँदै सडक विभागको गेट अगाडि फोहोर पालेर राम्रै सवक सिकाए । बालेनले जे गरे ठिक गरे भन्ने चर्चा चल्यो । चाहे त्यो सामाजिक सञ्जालमा होस वा राजनीतिक बृत्तमा पनि । तर शनिबार आयोजित एक कार्यक्रममा ओलीले मेयर बालेनलाई तानाशाह बन्दै गरेको आरोप लगाए ।

बालेनलाई तानाशाह बनको आरोप ओलीले लगाईरहँदा आफू गठवन्धन सरकारको महत्वपूर्ण दलको अध्यक्ष भएका कारण नागरिक र देशका लागि पछिल्लो समयक के गरे भन्ने प्रश्न उब्जिएको छ । लामो सयमसम्म राजनीति विचार र राजनीति संस्कृति सिकेर आएका आफ्ना कार्यकर्तालाई पाखा लगाउने ओलीले बालेनले फोहार ढोका फालिदियो भनिरहँदा एकै रातमा एमाले बनाएर उपप्रमुखको टिकक दिएर बालेनसँगै निर्वाचित नातिनी उपमेयर सुनिता डंगोललाई के सल्लाह दिएँ ?

ढल्न लागेको बुढोलाई तानाशाह बनाउन मेयर बनाउने आफ्नो योजना तुहिएपछि बालेनमाथि सत्तोसराप किन ? जनताले अत्यधिक मतले जितेका बालेनले संविधान अनुरुप स्थानीय सरकार सञ्चालन ऐनले दिएको कानूनलाई कार्यान्वयन गर्न मात्र खोजेका हुन् । त्यसमा राजनीति आस्था वोकेकाहरुको पनि एक मत देखिन्छ । त्यसो भए नेकपा एमालेका अध्यक्ष ओलीले कुन सभ्यता बालेनलाई सिकाईरहेका छन् ?

बालेनलाई सभ्यता सिकाउने ओलीले महानगर मै उपमेयर जितेकी नातिनी सुनितालाई सल्लाह बढी दिए की ओलीलाई उनले टेर पुच्छर लगाईनन् ? हुन त ओलीले उपमेयरमा डंगोललाई टिकट दिए । उनी निर्वाचित भएर एमालेको जनप्रतिनिधिको संख्यामा १ थपिदिएकी छन् ।

नोमिनेशनको अन्तिम रात बालकोटमा डा अजयक्रान्ति शाक्य र उनकी श्रीमती अन्जान शाक्यको करबलमा एमाले भित्रका जिल्लाका नेताहरु समेतलाई रुष्ट गराएर डंगोललाई उनले टिकट दिएका थिए ।

उपमेयर निर्वाचित भए पनि डंगोल एमाले भन्दा पनि शाक्य दम्पतीको निर्देशन र सल्लाह बमोजिम मात्र चल्ने गरेका कारण पनि ओली नातिनी डंगोललाई एक शब्द पनि बोल्न सकेका छैनन् । बालेन यतिखेर व्यक्ति हैनन । उनी संघीय संरचना अनुरुप स्थानीय सरकारका प्रमुख हुन् । त्यसैले उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐन बमोजिम आफ्नो काम कर्तव्य र अधिकारलाई प्रयोग गरेका हुन् ।

त्यसैले ओलीले बालेनलाई सभ्यता र तानाशाह बन्दै गरेको आरोप लगाईरहँदा उनकी नातिनी उपमेयरलाई नै सभ्यता सहितको अर्ति उपदेश दिँदा पो राम्रो हुन्थ्यो कि ?