सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नघल टोल २८, काठमाडौं स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आज स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग , ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । सो व्याग वितरणले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्थ रहेको छ ।