एमाले काठमाडौं जिल्ला फेरि पनि निरौलाकै पोल्टामा

काठमाडौं । नेकपा (एमाले)काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा दीपक निरौला निर्वाचित भएका छन् । उनी दोश्रो कार्यकालका एमालेको जिल्ला अध्यक्ष भएका हुन् । उनीसँग अध्यक्षको उम्मेदवारी दिएका निर्मल देउला भने पराजित भएका छन् । एमाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन भन्दा पनि सहमतिमा निर्विरोध गर्न निर्देशन दिएको भएपनि काठमाडौं एमालेले निर्वाचन नै गरेको थियो ।
अध्यक्षमा निर्वाचित भउका दीपक निरौलाले ३ सय ७० मत पाएका छन् भने उनका प्रत्यासी निर्मल देउलाले भने १ सय ९१ मत प्राप्त गरेका छन् । एमाले काठमाडौं जिल्लाको उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य उपसचिव उद्धव भण्डारी र महिला उपसचिवमा विन्दु महर्जन निर्वाचित भएका छन् ।

ताजा अपडेट