पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ घट्यो मट्टितेलमा १ रुपैयाँ

काठमाडौं । असार १ गते राती १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ, डिजेल र मट्टितेलमा भने १ रुपैयाँ मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोल मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। नयाँ मूल्यसूची आईतबार विहान देखि लागू भएको हो ।