राजेन्द्र महतोलाई लाग्न थाल्यो धोती भन्दा टोपी प्यारो

काठमाडौं । कुनै बेला ढाका टोपी लगाउनेका विरुद्ध निकै चर्को स्वर गर्ने राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक राजेन्द्र महतोलाई अहिले भने धोती भन्दा टोपी प्यारो लाग्न थालेको छ । टोपी लगाउने खस नेपालीहरुले गर्दा देश बन्न नसकेको भन्दै मधेशमा पहाड र तराई विभाजन गर्ने अभियानमा विगतमा जुटेका महतो यतिखेर भने धोती र टोपी एक नभएसम्म देश नबन्ने अभिव्यक्ति दिन थालेका छन् । यसले उनलाई टोपी किन प्यारो लाग्न थाल्यो भन्ने चर्चा पनि चल्न थालेको छ । राजतन्त्र भन्दा पनि गणतन्त्र पश्चात मुलुक एकल जातीय चिन्तनले ग्रसित बन्न थालेको उनले बताएका छन् ।

ुदेश बनाउनका लागि धोती र टोपी मिल्नुको विकल्प छैन। धोती र टोपीबीचको लडाइँले गर्दा देश बर्बाद भएको हो। मधेसी र पहाडीलाई एक आपसमा लडाएर एकल नश्लिय चिन्तनले देशलाई बदनाम गरेको छ,उनको भनाई छ । देश योभन्दा बढी खराब हुन नसक्ने उनको भनाइ छ। ुसिंहदरबारमा बस्ने शासकले देशलाई दुनियासामु बदनाम गरायो। पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई सिंहदरबारमा बस्ने शासकले तोड्ने काम गर्‍यो। सबै जात, भाषा, धर्म र संस्कृत मिलेर सुन्दर नेपाल बनेको हो। नेपाल सबै जात र वर्गको साँझा फूलबारी हो। तर, एकल चिन्तन भएकाहरूलाई देशको चिन्ता नहुदाँ आज देश बर्बाद भएको उनको दावी छ ।

अहिलेको शासकले सत्ता र कुर्सीका लागि जात र धर्मको नाममा एक अर्कालाई लडाउँदै आएको उनले आरोप लगाए। ुआफ्नो पहिचान, अधिकार र सम्मानको आन्दोलन गर्दा गोली चलाएर दबाउने काम गरेको छ। मधेसी र पहाडी एउटै देशको नागरिक हो। तर, मधेसीलाई विदेशी भनेर फरक व्यवहार गर्दै आएको छ,ु उनले भने।
धोती र टोपी मिलेर एकल जातिय सत्ताधारीलाई हटाउन जरुरी रहेको महतोले बताए। नेपाल बनेपछि मधेसी, थारु, मगर, नेवार, तामाङ, दलित, मुस्लिम आएको होइन, यो त सबैको योगदानले नेपाल बनेको हो, उनले भने।