लमजुङ्ग र ओखलढुङ्गमा पहिरो ४ जनाको ज्यान लियो

काठमाडौं । गए राती परेको अविरल बर्षाका कारण लमजुङ्ग र ओखलढुंगामा गएको पहिरोमा परि ४ जनाको ज्यान गएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ ।

त्यस्तै लमजुङको क्ब्होंलासोथर गाउँपालिका ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको हो।
पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो।