विश्व अशान्तिको कारक बन्दै अमेरिका

काठमाडौं । विश्व मानव समूदाय जलवायु परिवर्तन, भोकमरी, गरिबीले थिलोथिलो बनिरहेको छ । विश्वका केहि सीमित व्यक्तिहरुले ठूलो मात्रामा धनराशी कब्जा गरेर राखेका छन् । उनीहरुको सम्पत्ति दिनानुदिन बढिरहेको छ । तर, गरिब झन गरिबीको चपेटोमा फसिरहेको छ । यसले मानवीय असन्तुलन कायम गरिराखेकै बेला वर्वरतापूर्वक युद्ध थोपर्ने काम शक्ति राष्ट्रहरुले गरिरहेका छन्, जुन मानव समुदायका लागि अत्यन्तै खतराको विषय बनिरहेको छ ।

रुसविरुद्ध युद्ध लडिरहेको युक्रेन होस वा इजलायलविरुद्ध युद्ध लडिरहेका हमास र हिजबुल्ला नै किन नहुन, यसको केन्द्रबिन्दुमा छ, अमेरिका ।

अमेरिकाले युक्रेनलाई युद्ध लड्ने अनुमति दिनेदेखि हतियार, युद्धपोत विमान लगायतका सामाग्री दिइरहेको छ । यता इजरायललाई पनि निहत्था नागरिकमाथि गोली बर्साउन उक्साइरहेको छ । यसले मानव अधिकार र प्रजातन्त्रको खिल्लि उडिरहेको छ ।

युद्ध थोपर्ने रुस वा अतिवादमा विश्वास गर्ने हमास वा हिजबुल्लाह ठीक भन्ने त होइन तर, ज्यादतिविरुद्ध प्रतिवाद सामान्य नै ठहरिएला । युद्ध अन्त्यको पहल गर्नुपर्ने राष्ट्रसंघ अस्तित्व संकटमा छ । तर, अमेरिका विश्वमा शान्ति चाहन्न भन्ने प्रष्ट देखिन्छ ।

अमेरिकी निर्देशन पर्खिरहेको युक्रेनले अमेरिकाको मुड फेरिए के हन्छ भन्ने बुझ्न आवश्यक छ भने अमेरिकाकै सहयोगमा गोलाबारी गरिरहेको इजरायलले पनि निहत्था नागरिक मारेर के पाइन्छ भन्ने बुझ्न आवश्यक छ । आजको युग युद्धको होइन । शान्तिपूर्ण ढंगले समाधान खोज्नुपर्ने समय हो । विश्व शान्ति अपरिहार्य विषय पनि हो । अमेरिकाले आफूलाई करेक्सन गर्नेतर्फ सोचोस् । बालबालिका, बृद्ध, महिला, अशक्त र असाहयमाथि गोलाबारी बन्द गरियोस् । मानव अधिकारको सुनिश्चितता गरियोस् ।