फोन पे को “आर्थिक ज्ञान ” नाटक बिहीवार बिरगंजका तीन स्कुलमा प्रदर्शन गरिदै

बिरगंज । ग्लोबल मनि सप्ताहको अबसर पारेर फोन पे डिजी स्मार्ट नेपाल क्याम्पिएन अन्तर्गत फोन पेको तर्फबाट नेपालका विभिन्न स्थानमा डिजिटल साक्षरता सम्बन्धि लघु नाटिका प्रदर्शन गरिरहेको कलाकारहरुको टोलिले आज बिहीवार बिरगंजका तीन स्कुलमा नाटक प्रदर्शन गर्दैछ । आज बिरगंजका आदर्श ,गौतम र गोल्डेन स्कुलमा नाटक मंचन गरिने लेखक संयोजक प्रसिद्ध गीतकार लोकराज अधिकारीले जानकारी दिएका छन ।

काठमाडौ ,ललितपुर, चितवन र हेटौंडाको प्रदर्शन पछि टोलि बिरगंज आइपुगेको हो ।

बिरगंज पछि इटहरी , बिराटनगर , लहान ,र जनकपुर पुगेर कुल २८ वटा विद्यालयमा प्रदर्शन गरिने संयोजक अधिकारीले जानकारी दिएका छन । नाटकमा अधिकारी सहित अभिनेता श्रीदेब भट्टराई , वरिष्ठ रङ्गकर्मि जेबी डिसी र नाट्यकर्मी शरद न्यौपानेको अभिनय गरेका छन् । युवा पुस्तालाई आर्थिक तथा डिजिटल ज्ञान दिने सन्देश समेटिएको नाटककाे निर्देशन डिसीले गरेका हुन् । लेखक अधिकारी दुई दशक भन्दा बढी समयदेखि संचारकर्म गिती लेखन र साहित्य नाटक लेखन र अभिनयमा सक्रिय छन् । डिसी र भट्टराई लामो समय देखि चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्दै आएका लोकप्रिय कलाकार हुन् । नाटकले उठाएको बिषय र कलाकारको प्रस्तुतीलाई दर्शक हरुले रुचाएका छन । सान्दर्भिक र उपयोगी सन्देश मार्फत सचेतना फैलाएको भन्दै कतिपय विद्यालयले ” टोकन अफ लभ” दिएर बिदाई समेत गर्ने गरेका छन ।