लोक संसद हो कि लोकचिहान ?

देशैभरिका अस्पतालहरुमा अक्सिजन अक्सिजन भनेर कोरोना संक्रमित बाँच्नका लागि चिच्याइरहे, मरिरहे, डाक्टरहरू यो चिच्याहट देखेर आँसु खसालिरहे, यिनै लोकका प्रतिनिधिहरू संसदमा सत्ताको लुछाचुँडी, खुट्टा तानातान, छिर्की हानाहान गरिरहेका देखिए । यो लोक संसद हो कि लोकचिहान ? आमनागरिक मरिरहेको हेर्नसक्ने हामी कस्ता मान्छे ? हामीले खडा गरेको संविधान, सुरक्षा निकाय र अदालत कस्तो हो ? जसले जिम्मेवारी लिदैन, प्रश्नसमेत उठाउँदैन ।
आमनागरिक पल पल निसास्सिएर मरिरहेका छन्। अक्सिजन, ओखती, उपचारको बन्दोवस्त गर्न राजनीति तैयार छैन । सरकार, उद्यमी, व्यापारी, नागरिक समाज, हुनेखाने बर्ग पनि आमनागरिकको मृत्यु हेरेर बसिरहेका छन् । आमनागरिक मरिरहेको हेर्नसक्ने हामी कस्ता मान्छे ? हामीले खडा गरेको संविधान, सुरक्षा निकाय र अदालत कस्तो हो ? जसले जिम्मेवारी लिँदैन, प्रश्नसमेत उठाउँदैन ।

हामीमा मानवीय संवेदना मरेकै हो ?
नागरिक नै राष्ट्र हो, राष्ट्रियता हो। यसकारण त मान्छे सामाजिक र राजनीतिक दुवै जीव हो। शक्तिको स्रोत नागरिक हो, सत्ता प्रभावशाली हुन नागरिकको सम्मान आर्जन गर्नपर्छ । आज सत्ता, सत्ता राजनीतिमात्र होइन, जनआस्था आर्जन गर्न नसकेकाले संविधान, संसद र सांसद नै प्रभावहीन छन् । यस्तो प्रभावहीन राजनीतिलाई राजनीति गर्नेहरु लोकतन्त्र भनिरहेका छन्। वास्तवमा यो लोकतन्त्र होइन, लूटतन्त्र हो । अन्धो हुनु नराम्रो कुरा हो । आँखा भएर पनि नदेख्नु र दलालीमा आफूलाई समर्पित गर्नु हदैसम्मको खराब हो । यही खराबीले राष्ट्र र जनताका सबै अपेक्षाहरुको दलहरुको दलाली प्रवृत्तिबाट हरेक दिन, हप्ता, महिना, वर्ष बलात्कार भइरहेका छन् । एक विद्वानले उहिले भनेका थिए— पार्टीहरु बिचारका दलाल हुन् । नेपालका सन्दर्भमा पार्टीहरु सत्ताका, भ्रष्टाचारका, व्यभिचारका, जग्गाका, सुखसुविधाका, शासन प्रशासन सबैतिरका दलाल साबित भएका छन् । यसैले त भनिन्छ— अन्धो हुनु नराम्रो कुरा हो । आँखा भएर पनि नदेख्नु र दलालीमा आफूलाई समर्पित गर्नु हदैसम्मको खराव हो। यही खरावीले राष्ट्र र जनताका सबै अपेक्षाहरुको दलहरुको दलाली प्रवृत्तिबाट हरेक दिन, हप्ता, महिना, वर्ष बलात्कार भइरहेका छन् ।

शंकराचार्यले उहिल्यै भनेका थिए— जो अत्यन्त तृष्णावान छ, तृष्णापूर्तिका लागि नैतिक धरातल बिर्सन्छ, ती दरिद्र हुन् । यो मापदण्डमा भन्ने हो भने नेपाली राजनीति दरिद्रहरुले चलाइरहेका छन् । दरिद्र दरिद्रमा प्रतिस्पर्धा भइरहेको छ । जो आफै यस प्रकारको दरिद्र छ, उसले देश र दुनियाँलाई कसरी समृद्धि, सुख र शान्ति दिनसक्छ ? नेता खराब छन्, नेता बदमास र बदनाम छन् भन्ने जनतलो बुझेका छन्। तर चेत्दैनन्, जनता पटक्कै चेत्दैनन्। तिनै नेतालाई पटक पटक लावण्यमय देशका नवराजा बनाइरहेका छन्। बदमासलाई मालिक बनाएपछि उसले हेप्छ, जनता हेपाइ खेपिरहेका छन् । नीतिज्ञान भन्छ— जसले एकपल्ट विश्वासघात गर्छ, पुनः त्यसको विश्वासमा पर्नुहुन्न। तर नेपालीहरु यति सहृदयी, सहनशील छन् कि पार्टी नेताहरु पटक पटक विश्वासघात गरिरहेका छन् र तिनैलाई देवत्वकरण गरिरहन्छन् ।

कुनै गुण नभएका नैतिकहीन नेताहरु जनता अक्सिजन नपाएर घिटीघिटी मरिरहेको हेरेर सत्ता राजनीति गरिरहेका छन् । त्यसैले त असमामाजिक तत्व, आलु, जुनसुकै तरकारीमा पनि मिल्न मिलाउन सकिने । त्यही आलु कुहियो भने सबैभन्दा बढी गनाउँछ, महामारी फैलाउँछ । यस दृष्टिकोणाबाट हेर्ने हो भने नेपाल मूर्खहरुको पूजा हुने देश हो । आत्मनिर्णय, साहस र विनम्रता नेतृत्वमा हुनै पर्ने गुण हो । अझ लोकतन्त्रमा लोकप्रति सेवाभाव र जवाफदेही नै हुनुपर्ने हो । लोक राजनीति कता हो कता ? कुनै गुण नभएका नैतिकहीन नेताहरु जनता अक्सिजन नपाएर घिटी घिटी मरिरहेको हेरेर सत्ता राजनीति गरिरहेका छन् । त्यसैले त असमामाजिक तत्व, आलु, जुनसुकै तरकारीमा पनि मिल्न मिलाउन सकिने । त्यही आलु कुहियो भने सबैभन्दा बढी गनाउँछ, महामारी फैलाउँछ ।

नेपालको राजनीति पनि त्यस्तै भयो । जनयुद्ध, जनआन्दोलनमा विदेशीले समेत ठूलै लगानी गरे, पार्टीहरुले पनि सत्तामा जानका लागि विदेशीका हरेक शर्तहरु मान्दै गए । दुईपल्टको संविधानसभाको निर्वाचनमा पनि विदेशीकै ठूलो लगानी भयो। संविधान लेख्ने बेलामा जनसुझाव मिल्काएर विदेशी सुझावमा धर्मनिरपेक्षता लेखियो, संविधान जारी गरियो । चीन मौन छ, भारतले यो संविधानमा सहमति जनाएन । फलतः संविधान कुहिएको आलु बन्यो, संविधान जारी गर्ने शक्तिहरु पनि कुहिएको आलु बने । हुन त संविधानसभाबाट संविधान जारी गरेर बाहिर निस्कनासाथ संवैधानिक समितिका प्रमुख पात्र डा.बाबुराम भट्टराईले नै संविधान अपूर्ण छ भनेर आलोचना गरे, मधेशवादीहरुले च्याते, आगो लगाए। तर, यही संविधानले दिनेजति दूध सबैले चुसिरहेका छन् । माकुराका बच्चाले आमालाई नै खान्छन्, संविधान जारी गर्नेहरुले संविधानलाई बाँकी राखेनन् ।
त्यसैले संवैधानिक संकट प¥यो । लोकतन्त्र संकटमा फस्यो । संघीयता संक्रमित भयो ।

सरकार भन्छ— अस्पतालमा बेड छैन, अस्पताल भन्छ— अक्सिजन छैन, डाक्टर भन्छन्— औषधि छैन, जनता भन्छन्— खोप छैन ।
कोभिड— १९ महामारी बनेको छ । राजनीतिक दलका नेताहरु, सांसद, सरकार, पूर्वराष्ट्रपति, नागरिक समाज, बुद्धिजीवी सबै पत्करजस्ता लाग्छन् । प्रत्येक गाउँ, सहरमा महाविपतको डढेलो लागेको छ र पत्करहरु सल्किरहेका छन् । डढेलो कसरी समना गर्ने कोही चिन्ता गर्दैनन् । जे छ, सत्तामा कसरी टिक्ने र सत्तामा कसरी पुग्ने भन्ने छिर्के दाउ छ । महाविपतमा सत्ता राजनीति, यो कुहिएको आलु राजनीति नभए के हो ?
मार्क्सवादका ठेली पढ्नेहरु छन्, समाजवादका सिद्धान्त बुझनेहरु छन्, अझ सर्वहारावाद जिन्दावाद भन्नेहरु छन् । यी सबैको व्यवहार सामन्तवादी छ, आफै नयाँ सामन्त बनेका छन्। जो अभरमा छन्, जो बिपतमा छन्, तिनका लागि संवेदना कतै छैन । नेपालको लोकतन्त्र संवेदना शून्य दुई धारे खुकुरीजस्तो लाग्छ । खुकुरीको काम मृत्यु दिने हो। बाँच्नेलाई मृत्यु, बाँच्न चाहनेलाई पनि मृत्यु । जनताप्रतिको जिम्मेवारी भनेको हात्तीको देखाउने दाँत मात्र हो। जनताको कसैलाई मतलव छैन, सबैको नजर सत्ता, शक्ति, स्वार्थ, सम्पत्तितिर छ । चारदिने जिन्दगी चारपल खुसीसाथ बाँच्न पाउँदैनन् जनता, नेतालाई हरेक दिन दशैं छ, हरेक दिन उत्सव छ । पञ्चायत निरङ्कूश भनेर फालेर ल्याएको लोकतन्त्र, यो त लोकमारा पो निस्कियो ।

संसद भएर के भयो जनतालाई, संसद बिघटन र पुनस्र्थापना भएर के पाए जनताले ?
इतिहासमा एउटा ताजमहलको एउटा कथा छ । मुगल सम्राट शाहजहाँ र मोमदाजबीच गहिरो प्रेम थियो । दुर्भाग्यवस मोमताजको पहिले नै निधन भयो। त्यसपछि चिन्तित सम्राटले २० वर्ष लगाएर आगरामा संसारकै आश्चर्यपूर्ण ताजमहल बनाए । छोरा औरङ्गजेवलाई राजा हुने महत्वाकांक्षा जाग्यो । शाहजहाँका शत्रुहरुले उनलाई सम्राट हुनुप¥यो भनेर उचाले। उनले बाबुलाई जमुना किनारको एक महलको कोठामा कैद गरेर आफू सम्राट बने। कोठामा ताजमहलको प्रतिविम्व देखिने गरी भित्तामा ऐना साइजको हीरा जडान गरिदिए। शाहजहाँले केही वर्ष ताजमहलको प्रतिविम्वमा मुमताजलाई हेरेर देहत्याग गरे । १९४७ मा भारत स्वतन्त्र भएपछि अंग्रेजहरुले झिकेर लगे, आज त्यो हीरा जडान भएको ठाउँ खाल्डोमात्र छ । लोकतन्त्र लोकको शोषण गर्ने, लोक मार्ने खाल्डो बनेको छ । जनता दधिचीलेझैं रगत, हाडछाला सबै दिइरहेका छन् र नेताहरु जनताको हाडबाट बज्र बन्दै गएका छन् । जनताको आँखामा आँसुमात्र देखिन्छ । जनता रुवाउने शासनको बागडोर, रजगज यिनै नेताहरुको मुठ्ठीमा कैद छ ।

नेपालमा २०४६ सालमा भारतीय नेताहरुलाई समेत बोलाएर देशमाथि विदेशी बलात्कार गराउनेहरुको जीत भयो, बहुदल आयो। २०५८ सालमा दरवार हत्याकाण्ड मच्चाइयो, २०६३ सालमा विदेशीको ठुलो लगानीमा जनतालाई सडकमा उतारेर मरेको संसद ब्यूँताइयो र संविधानसभाको चुनाव गराइयो। २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरियो। बहुदललाई गणतन्त्रको हीरा भनेर खूब प्रचार गरियो। आज त्यो हीरा पार्टी र नेताहरुका नैतिकहीन कीरा लाग्यो । लोकतन्त्र लोकको शोषण गर्ने, लोक मार्ने खाल्डो बनेको छ । जनता दधिचीले झैं रगत, हाडछाला सबै दिइरहेका छन् र नेताहरु जनताको हाडबाट बज्र बन्दै गएका छन् । जनताको आँखामा आँसुमात्र देखिन्छ । जनता रुवाउने शासनको बागडोर, रजगज यिनै नेताहरुको मुठ्ठीमा कैद छ ।

हामी अमर छौं भनेर सोचेका होलान् पार्टी र नेताहरुले। हामी प्रभावशाली छौं भनेर ठानेका होलान् पार्टी र नेताहरुले । जनताको मृत्युमा रमाउने लोकतन्त्रका नाइकेहरु यथार्थमा आफै मरिरहेका छन् । नैतिक धरातल नै पहिरो गइरहेकाहरुले बाँचेका छौं भन्नु आकाशतिर फर्केर थुकेजस्तै हो । जो जुनसुकै पन्थी भए पनि यिनीहरुले अँगालेको भ्रष्टाचार पन्थ हो । व्यभिचार पन्थ हो । राजनीतिक परिदृश्यमा देखिएका नेता र पार्टीहरु सबैको चारित्रिक विशेषता मृत्यु हो। किनकि यी कसैमा जिवन्तता भन्ने नै बाँकी छैन । यिनीहरुले सिद्धान्त बगार्नु, दर्शन र विचारका गुड्डी हाँक्नु भनेको भ्रमको खेतीमात्र हो । यिनीहरु कोही पनि न्यायमुखी, यिनका बिधिव्यवहार न्यायपूर्ण छैनन् । यी अन्यायका काँडेघारी हुन्, सिस्नोका झाडी हुन् । यिनले दिने भनेको पीडामात्र हो ।

आज चेतना जगाउने कोही छन् भने आमनागरिकमा जागरण ल्याउनु पर्छ— जनअपेक्षाको हत्या गर्नेहरु हत्यारा हुन् । यस्ता धूर्त ब्वाँसो नीति बोकेकाहरुबाट जसले सक्छ, उसले देश र जनतालाई यी जनघातीहरूबाट मुक्त पार्नुपर्छ ।