उठाउन थालियो महानगरको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ ।

गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो । ल्याण्डफिल्ड साइडका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए ।

जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिएन । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाइ छ ।

यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो ।