Latest Articles

कार्य प्रगतिबारे जानकारी लिँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गतका आयोग, विभाग र कार्यालयहरूको कार्य प्रगतिबारे जानकारी लिएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। ८ मन्त्री नियुक्त गर्दै मौजुदा ३ सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाएका हुन् ।
नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई...

जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे

काठमाडौँ । सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताएका छन् । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताए ।
सरकारमा...

तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ ।
नियमितरूपमा उच्च...

आचार्यको परिवारसँग गृहमन्त्री लामिछानेको भेट

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गरेका छन् । बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेट कुराकानी गरेका हुन् ।

सामाजिक सञ्जाल...

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताएका छन् ।
मुख्यमन्त्री...

मुलुकको समस्या समाधान केन्द्रित राजनीति गरौँ : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समस्या समाधानमा राजनीतिक दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ । पार्टी स्कुल विभागद्वारा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित अनुशिक्षण...

आगलागी पीडितलाई मन्त्री राईको सहयोग

काठमाडौँ । धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराएका छन् ।
उनले छथर जोरपाटी गाउँपालिका–६ स्थित...

पाँच निर्माण कम्पनीलाई कारबाही

काठमाडौँ । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ ।
रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालित...

आज सुनको मूल्य घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य १ सयले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सयमा कारोबार भएको थिए । आज १ सय घटेर १ लाख ६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन्...