Latest Articles

कामना सेवा विकास बैंक घोटाला प्रकरण : २२ कर्मचारीविरुद्ध पक्राउ पूर्जी

काठमाडौँ । कामना सेवा विकास बैंकमा भएको घोटालाबारे थप छानविन गर्दा २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैंकमा झण्डै ४० करोड रुपैयाँ घोटाला प्रकरणमा प्रहरीले बैंकका २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी...

बाजुरामा ५.९ म्याग्निच्युटको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प आएको छ ।
अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको...

राष्ट्रिय वाणिज्य बैंक अग्रणी स्थानमा छ : सीइओ श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ ।
आज यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी...

मन्त्रीले सङ्घीयता र गणतन्त्रको विरोध गर्न नमिल्ने : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदमा बसेका मन्त्रीले सङ्घीयता र गणतन्त्रको विरोध गर्न नमिल्ने बताएको छ। राष्ट्रिय सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा...

गृहमन्त्री र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेको छ ।

गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित...

‘लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह

काठमाडौँ । नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिदै उनले राज्य र...

स्थानीय तह र प्रदेश सरकारबीच अन्तरक्रिया

काठमाडौँ । पाल्पाको रामपुरमा भएको स्थानीय तह र प्रदेश सरकार बीचको अन्तरसम्बन्ध विषयक अन्तरक्रियामा रामपुर नगर प्रमुख रमणबहादुर थापा, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव डा दीपक काफ्ले, लुम्बिनी प्रदेशका विभिन्न...

राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

काठमाडौँ । राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ ।
आजको राष्ट्रियसभाको...

क्यालिफोर्निया राज्यमा गोली चल्दा ७ को मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यमा गोली चल्दा ७ जनाको मृत्यु भएको छ । दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो ।
सोमबार फेरि हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा ७ जनाको...

सात कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ । विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण मागेको छ ।
“यी निर्माण...