काठमाडौं । कानून व्यवसायीहरुको पेशागत सुरक्षाका लागि स्थापना भएको नेपाल बार एशोसिएसन पछिल्लो समय राजनीति गर्ने थलोका रुपमा विकसित हुँदै गएको छ । पछिल्लो समयमा प्रधानन्याधिश चोलेन्द्र शम्शेर जवराको विषयमा लिएर बार पूर्ण रुपमा राजनीति गर्ने थलोका रुपमा विकसित भएको बारको विज्ञप्तिबाट पुष्टि हुन्छ ।
नेपाल बार एशोसिएसनले विज्ञप्ति नै प्रकाशन गरेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई अनुरोध गरेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत एशोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन अनुरोध गरेको हो ।
पत्रमा ‘न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न’ अनुरोध गरिएको छ । बैठकबाट प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका रहेको एशोसिएसनले जनाएको छ ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि एशोसिएसनले उनीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
Add Comment