काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले संघीयता देशले धान्न नसक्ने हुँदा यो व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।
आफ्नो पार्टीले सुरुआति दिन देखिनै संघीयताको विरोध गरिरहेको र विपक्षमा उभिरहेको जनाउँदै संघीयता देशले धान्न नसक्ने हुँदा यो व्यवस्था नै खारेज गर्नुपर्ने उनले बताए ।
नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित संघीय लोकतान्त्रिक गणतन्त्र राज्य भनी उल्लेख गरिएकोमा आपत्ति जनाएको छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले पहिलो बुँदामा उल्लेखित संघीयता भन्ने शब्द हटाउनुपर्ने माग राखेका हुन् ।
‘हामीले संघीयताको पहिलो दिनदेखि नै विरोध गरिरहेका छौं, यो मुलुकले धान्न सक्दैन भनिरहेका छौं । यो सेतो हात्ती हो, यसले खास उपलब्धि दिन सक्दैन’ केसीले भने, ‘विश्वका धेरै देशहरु संघीयतामा नजाँदा हुने तर नेपाल जानैपर्छ भन्ने छैन । त्यसैले संघीयता खारेज हुनुपर्छ, नीति तथा कार्यक्रमको सो बुँदा संशोधन हुनुपर्छ ।’
Add Comment