नेपालविरुद्ध कुवेतको अग्रता

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध गोल खाएको छ।

भारतको बेंगलुरुस्थित श्री कान्तीभिरा रंगशालामा जारी खेलको २३औं मिनेटमा कुवेतका कप्तान खालिद हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका हुन्।

किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको नेपालको रक्षापंक्ति विमल पाण्डे, रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठले सम्हाल्ने भएका छन्।

त्यस्तै मिडफिल्डमा लाकेन लिम्बु, पुजन उपरकोटी र एरियक विष्ट छन्। फ्रन्टलाइनको जिम्मा मनिष डाँगी, अञ्जन विष्ट र नवयुग श्रेष्ठले पाएका छन्।