काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतका लागि बिहीबारको प्रदेश सभा बैठकमा पेस गरेको प्रस्तावमाथि शुक्रबार मत विभाजन हुने भएको छ।
मुख्यमन्त्री कार्की बिहीबार विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव राखेर अन्य दलहरूको सवालको जवाफ नदिइ निस्केका थिए। मुख्यमन्त्री कार्की नफर्किएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक करिब ६ घण्टापछि शुक्रबारका लागि बस्ने सूचना जारी गर्दै स्थगित भएको थियो।
बैठक शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगित भएको थियो। मुख्यमन्त्री कार्कीको प्रस्तावमा सबै दलले आफ्नो धारणा बिहीबार नै राखेका छन्।
एमालेका कार्कीलाई राप्रपाबाहेक अन्य दलले मत नदिने बताएसँगै उनी स्पष्ट अल्पतमा परेका थिए। त्यसपछि संसद्मा उठेका प्रश्नको जवाफ र निर्णयार्थ पेस गर्ने बेलामा कार्कीले ३० मिनेट मागेका थिए।

