काठमाडौं । अभिनेत्री पूजा शर्माले आफ्नो विवाहको खबर झुटो भएको बताएकी छिन्।
आगामी विजया दशमीमा उनले प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर बाहिरिए सँगै उनले यस्तो बताएकी हुन्। यसपटक कात्तिक ७ विजया दशमी परेको छ। तर उनले दसैंमा विवाह गर्ने तयारी नभएको बताइन्।
‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे हुन्छ र१,’ उनले भनिन्।
पूजा आफ्नो प्रेमीसँग झम्सिखेलमा ‘ट्याग’ होटल सञ्चालनमा ल्याउने तयारीमा छिन्।
पूजा हाल फिल्म ‘दान्भी’ को छायांकनमा व्यस्त छिन्। उनी फिल्म ‘दान्भी’ मा एक्सन अवतारमा देखिने भएकी छन्।
रूपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय रहनेछ।
उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन्। ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानीु जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्। यो सँगै उनी रेखा थापाको फिल्ममा पनि देखिनेछिन्।

