काठमाडौं । मायादेवी गाउँपालिका-४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामान सहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् ।
उनीहरूले सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर-गहना चोरी गरी भाग्ने क्रममा घरधनीले थाहा पाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर(गहना फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Add Comment