काठमाडौं । अविरल वर्षापछिको बाढीले भक्तपुरका घरहरू डुबानमा परेको छ।
हनुमन्ते खोलामा आएको बाढीले खोला आसपासका क्षेत्रका घर डुबानमा पारेको छ। राममन्दिर, पीठ बाराही क्षेत्र डुबानमा परेको छ।
यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा एउटा घर भत्किएको छ। स्थानीय वीरबहादुर केसीको घर भत्किएको हो।
सोमबार रातिदेखि अविरल वर्षा हुँदा भक्तपुरलगायत देशका विभिन्न ठाउँ डुबानमा परेका छन् भने राजमार्गहरू पहिरोले अवरूद्ध छ।

