काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रोहन अडुकिया छन्। आजै भारतबाट फर्किएका उनलाई अध्यागन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।
उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।
उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ। राजस्व अनुसन्धान विभागले अडुकियालाई कालोसूचीमा राखेको थियो।
केही दिनअघि सुन प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको थियो।

