अवकाश हुन पाँच दिन वाँकी हुँदा पनि सरुवामा परेका अभागी सचिव रेवतीरमण पौडेल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवा तर्फका सचिव रेवतीरमण पौडेललाई सरकार अवकाश हुनु पाँच दिन वाँकी रहँदा सोही मन्त्रालयको कृषि सेवा तर्फको सचिवमा सरुवा गरेको छ । उनको ठाउँमा वन मन्त्रालयका सचिव दीपक खराललाई ल्याइएको छ । खराल यस अघिपनि पशुपन्छी सेवा तर्फके सचिवमा ल्याइएका थिए । पछि रेवतीरमणलाई कामु सचिव बनाएर बनमा पठाईएको थियो । पौडेल पूर्ण सचिव भएपछि उनलाई पशुपन्छी सेवा तर्फको सचिवमा ल्याएको थियो भने खराललाई बनमा पठाईएको थियो ।
बनका सचिवलाई पशुसेवा तर्पm सरुवा गरिएपछि कृषि सेवा तर्फका सचिव गोविन्दप्रसाद शर्मालाई भने कृषिबाट वन मन्त्रालयमा सरुवा गरेको छ । क्लष्टरकै आधारमा कृषि वन सेवालाई एकै ठाउँमा राखिएपनि खराल बन सेवाका हुन् भने शर्मा कृषि सेवाका हुन् । तर दुवैलाई फरक फरक सेवामा सरुवा गरेर सरकारले आफ्नो हैसियत प्रस्तुत गरेको छ ।