तीज गीत- ए नि बरिलै 

लोकराज अधिकारी 
साथी सङ्गी जम्मा भाको देखि आउन मन लाग्यो
ए नि बरिलै
यो तीजमा फरक गीत गाउन मन लाग्यो ।
 रित्तो हुँदै जान थाल्यो माइती गाउँ सहर
ए नि बरिलै
पहिले जस्तो आउन छोड्यो तिजको लहर ।
 एअर पोर्टमा हेर्‍यो भने देश छोड्नेको लर्को
छ ए नि बरिलै
वृद्ध वृद्धा बाउ आमाको व्यथा अर्को छ ।
 एउटा भाइ युक्रेनमा छ अर्को रुस पुग्या छ
ए नि बरिलै
यो अवस्था सुन्दा देख्दा चित्त दुख्या छ ।
 मूल नीति हो राजनीति त्यहीले लय समाइन
 ए नि बरिलै
युवा जति निराश हुँदा मनै रमाइन ।
  राष्ट्र रिण बढिराछ घटिराछ उत्पादन
 ए नि बरिलै
 उँधो उँधो जान थाल्यो मेरो देश त झन् ।
जता हेर्‍यो बेथिति र भ्रष्टाचारको जालो
ए नि बरिलै
 सत्ता स्वार्थ सबैतिर आलो पालो छ ।
 कति गर्नु पार्टीलाई र नेतालाई नि गाली
ए नि बरिलै
गीत मार्फत खबरदारी गरे यसपालि ।