काठमाडाैं । नेपाल प्रहरीले सार्वजनिक गरेको हर गाउँ हर नगरी, फूलको बास्ना सरी बोलको गितमा गोरखा ब्रुअरीलाई विशेष धन्यवाद दिइएको पाइएको छ । प्रहरी नायब महानिरिक्षक दानबहाददुर कार्कीको शब्दमा तयार पारिएको गितमा प्रहरीबारे समेटेर भिडियो तयार पारिएको छ ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डको बडिगार्ड बसेदेखि नै चर्चामा रहेका प्रहरी अधिकारी कार्कीले तयार पारेको गितमा गोरखा ब्रुअरीलाई विशेष धन्यवाद दिनुपर्ने कारण बारे भने खास सोधिखोजी भएको देखिन्न । तर, कार्कीजस्ता जिम्मेवार अधिकारीले तयार पारेको गितमा मदिरालाई विशेष धन्यवाद दिनुले भने अचम्मित तुल्याएको \एक पूर्वप्रहरी अधिकारीले बताए ।
प्रहरीले मदिराको विज्ञापन वा घुमाउरो पारामा विशेष धन्यवाद दिनु र यसको विमोचन गृहमन्त्रीबाट हुनु दुखद् विषय भएको पुर्वप्रहरी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।
कार्कीले तयार पारेको गितलाई गृहमन्त्री रमेश लेखकले एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् । यो गितलाई प्रहरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
कार्कीले तयार पारिएको गितमा राजेश पायल राई, मेलिना राई, बेनिशा पाैडेर र समि खरेलले आवाज दिएका छन बने गिरको कोरियोग्राफी सरोज ओलीले गरेका छन । गितको निर्देशनमा गम्भिर विष्ट रहेका छन ।
Add Comment