काठमाडौं । काठमाडौं महानगरपालिकाका निमित्त नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्वन गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । महानगरपालिका निमित्त नगर प्रहरी प्रमुख पाण्डेलाई अघिल्लो साता प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध किन पु¥याएको ? जनप्रतिनिधि आफू भन्दा उच्च पदकाका कर्मचारीलाई किन दूव्र्यवहार गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।
प्रशासकीय अधिकृतले सोधनेको स्पष्टिकरणको जवाफ पाण्डेले सातौ दिनको अन्तिम समयमा बुझाएका थिए । उनले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले बताएका छन् ।
निमित्त नगरप्रहरी प्रमुखका रुपमा कार्यरत पाण्डे करीव दुई वर्षभन्दा बढी समयदेखि जिम्मेवारीमा छन् । निमित्त कर्मचारीको हकमा ६ महिना मात्र हुने भएपनि पाण्डेको हकमा सो नियम लागू भएको थिएन । महानगरका जनप्रतिनिधिहरुले पनि पाण्डेलाई नै स्वीकार गरिरहेको थिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाइलाई कार्यालय प्रवेश गराउने क्रममा पाण्डेले जनप्रतिनिधिमाथि गरेको दूव्र्यव्हारपछि जनप्रतिनिधि पाण्डेलाई हटाउने अभियानमा लागेका थिए ।
काठमाडौं महानगरपालिकाको निमित्त नगर प्रहरी प्रमुखमा राजु पाण्डेलाई गैरकानूनी रुपमा लामो समय जिम्मेवारी दिएको विषयमा यस अघि पटक पटक समाचारहरु प्रकाशन भएका थिए । तात्कालिन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, कानून विभागका प्रमुख वसन्त आचार्य समेतको मिलेमतोमा महानगरको नगर प्रहरी बल सम्वन्धी ऐनमा निमित्त नगर प्रहरी प्रमुख ६ महिना रहने प्रावधानलाई हटाएर नगरसभाबाट पास गराउन सफल भएका थिए । त्यही कानून देखाउँदै राजु पाण्डेलाई हालसम्म पनि निमित्तबाट दिएको थियो ।


Add Comment