नगरकोट होमस्टेमा एनआईसी ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था

काठमाडौं । एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच यस बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाका अनुसार यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सकिनेछन् ।

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सकिने व्यवस्था रहेको छ ।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।