काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ ।
नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँ उचाइमा पुराउने उद्देश्य रहेको छ ।
नेपालको सबैभन्दा सुन्दर इभीका रुपमा आफूलाई स्थापित गर्न सफल दिपल एस०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिंग कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ ।
दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४ सय १० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ ।
एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, नयाँ दिपल एस०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो,’ ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ ।
साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।
दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिंग सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।
यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२।५ अटोनमस ड्राइभिंग असिस्ट्यान्स सिस्टम, १५।६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १।९ स्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ ।
दिपल एस०७ र्आइसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल इभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन ।
दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनु हुनेछ । यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभी दिपल एस०७ सहजैसँग खरिद गर्न सकिनेछ ।


Add Comment