काठमाडौं । साउन १७ गते शनीबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको आठौं संस्करण सम्पन्न गरेको छ ।
कम्पनीको सिल्भर क्लव, गोल्ड क्लव, डाइमण्ड क्लव, प्लाटिनम क्लब र सिटिजन स्टारसहित ४ सय जनाबढी अभिकर्ताको सहभागितामा उक्त कार्यक्रा भव्य रुपमा सम्पन भएको छ ।
कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भएको छ । साथै, कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठले आफ्नो जिवनका भोगाइहरु व्यक्त गर्दै उनले आफुले मन देखी चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिदैँ अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे ।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका हजारौं अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक वर्ष २०८१–०८२ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल सयौं सिटिजन लिडर र अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा छनौट भएका अभिकर्ताहरुले कम्पनीले दिएको यो सम्मान र हौसलाले आगामी दिनमा अझै बढी व्यवसाय गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।


Add Comment