काठमाडौं । नेपाली नेता र जनतालाई भ्रममा पार्न यति सजिलो छ की त्यसको ज्वलन्त उदाहरण अहिले सम्पन्न ‘नाडा अटो शो’ हेरे पुग्छ । सवारी खरिद गर्न चाहनेहरुका लागि सो लाभदायक पनि होला । तर रोचक कुरा के हो भने उक्त शो मा प्रधानमन्त्री ओलीलाइृ उड्ने कार देखाईयो । ओलीले प्रशंसा गरे । ओलीले प्रसंशा गरेको उड्ने कार हेर्नका लागि गाडी किन्ने भन्दा पनि उड्ने कार हेर्नेहरुको संख्या बृद्धि भयो । शोमा राखिएको उड्ने कार हेर्नका लागि आउँछन् र रकम राम्रै हजम गर्न सकिन्छ भन्ने नाडाको उदेश्य पनि थियो । त्यसैले टिकट मूल्य पनि दुई सय राखिएको थियो । त्यसैले पनि धेरै मानिसहरुले आफ्ुना केटाकेटी समेत बोकेर उड्ने कार हेर्न गए ।
प्रधानमन्त्रीको अनुहार नाडा शोको आयोजकले यसरी प्रचार ग¥यो कि त्यो कार भोली देखि उड्छ यदि हेरिएन भने पछुताउँ हुन्छ । त्यही प्रचार गर्न नाडाले अधिकांश सञ्चार माध्यमहरुलाई विज्ञापनले किन्यो । नाडा अटो शोमा भएका नकारात्मक पक्षको त कुरै छाडौं उड्ने कार भनिएको विषयमा त्यसको वास्तविकता कसैले पनि बताएनन् । लेख्ने पनि लेख्ने आँट नै गरेनन् । किनकी त्यहाँ त विज्ञापनको कुरा थियो !
त्यही भएर पनि नाडाले टिकबाट मात्र ३ करोड २० लाख रुपैयाँ असुल्न सफल भयो । नाडाले नै दिएको तथ्यांक अनुसार पनि शो १ लाख ६० हजारले हेरे । हरेक व्यक्तिले प्रवेश गर्दा दुई सय तिरे । यसरी हिसाव गर्दा ३ करोड २० लाख नाडाले आम्दानी गरेको देखिन्छ । अव त्यो नाफाको रकम नाडाले सरकालाई कर तिर्छ कि तिर्दैन ? त्यो भने हेर्न वाँकी नै छ ।
तर अझ महत्वपूर्ण कुरा के हो भने ठूला उड्ने कार धेरैले ठूलो आकारको ड्रोन भन्दै सांकेतिक व्यङ्ग पनि सामाजिक सञ्जामाल गरेका छन् । तर त्यो कार उडेर पनि आएन गुडेर पनि आएन । त्यो त जहाज र काँध चढेर भृकुटी मण्डपमा पुग्यो ।
त्यही देखाउन र भ्रम छर्नका लागि प्रधानमन्त्री ओलीदेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री सांसदहरुलाई लगियो । तर त्यसको मूल्य कति हो ? त्यसको यात्रु क्षमता कति हो ? अनि त्यसको खरिद मूल्य कति पर्छ र कहाँ उड्छ भन्ने कुरा केही पनि बताइएन ।
अर्थात त्यो देखाउन र हेर्न आउनेहरुसँग टिकट काटन लगाएर रकम असुल्ने थप बहाना थियो भन्न थालिएको छ । त्यसैले होला पछिल्लो समय भन्न थालिएका छ नेपाली जनता यस्तै भ्रममा नै बाँचिरहेका छन् ।


Add Comment