४० बर्ष मुनिका युवामा परेका अभियन्ता बब्लु गुप्ता जेनजीको बारे के भन्छन्

काठमाडौं । अघिल्लो महिना एक सञ्चार गृहले देशभरीबाट छनौट गरेको ४० बर्षमुनिका युवामा परेका अभियन्ता हुन् बब्लु गुप्ता । जसले सामाजिका रुपान्तरणका लागि धेरै नै योगदान दिएका व्यक्तिका रुपमा चिनिन्छन् । भाद्र २३ गते अर्थात सेप्टेमबर ८ मा जेन जी प्रर्दशन हुँदैछ । उमेर १३ बर्ष काटेका अनि २८ नकाटेका युवाहरु मुलुकमा व्याप्त रहेको भ्रष्टाचार अनि बेथितिका विरुद्ध भन्दै सामाजिक सञ्जाल मार्फत नै युवाहरुको खुल्ला सञ्जालका रुपमा जेनजी अभियान गरेका हुन् ।
यो भ्रष्टाचार विरोधी जेनजी अभियानमा सक्रिय रहेका उनै बल्लु गुप्ताको भनाई यस्तो छ ।
आज जुन अभियान शुरु भएको छ । मुलुकमा विधिको शासन भएन, भ्रष्टाचार बढ्यो जसका कारण देशलाई सिस्टमा चलेको छैन भन्ने कुरा देखियो । त्यसैले देश सिस्टममा चल्नु पर्छ भन्ने कुराका लागि यो अभियान शुरु गरिएको हो । यो पुस्तासँगसँगै अन्य पुस्ताहरु पनि अभियानमा हुनुहुन्छ । देशमा भ्रष्टाचार अन्त्य हुनु पर्छ, बेथितिका विरुद्ध आवाज उठाउने हो । यो व्यवस्था परिवर्तनको नभएर भ्रष्टाचार र नेताका सन्तानले कसरी जनताले तिरेको करको दुरुपयोग गरिरहेका छन् भन्ने कुरा सार्वजनिक गर्नका लागि जेनजी अभियान हो ।
गुप्ता भन्छन,‘ य्ुवा पुस्ताले देशको बारेमा चिन्ता गरेको हो । युवा पुस्ता विदेशीनु पर्ने वाध्यतालाई रोक्न र त्यो अवस्था किन आईरहेको छ भन्ने कुराको पनि बाहिर ल्याउनु पर्छ भन्ने उदेश्यले नै यो अभियान ल्याएको हो । जेनजीले शान्तिपूर्ण रुपमा गर्न खोजेको अभियानमा घुसपैठ हुन सक्ने भएकाले जिल्ला प्रहरी कार्यालयदेखि, प्रहरी बृत्त र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि अनुरोध गर्दै जेनजी अभियानलाई व्यवस्थित गराउन खोजिएको गुप्ताको भनाई छ ।’
यो अभियान भ्रष्टाचार न्यूनिकरण र बेथिति अन्त्य नभएसम्म निरन्तर चल्ने बताउँदै सत्ताको वरपर बस्ने परिवारवाद भित्रबाट भएको राष्ट्रको दोहन अन्त्य नभएसम्म चलिरहने गुप्ताले बताएका छन् ।