काठमाडौं । नेपालको राजनीतिक इतिहास तथा आन्दोलनको घटनाक्रमलाई हेर्ने पहिलो पटक प्रर्दशनकारी संसदमा छिरेर आगो लगाएका छन् । जेएनजी अभियानका रुपमा सोमबार भएको प्रर्दशनका क्रममा बानेश्वर स्थित संसदमा भवनमा आगो लगाइएको छ । संसदमा रहेको दमकल र सुरक्षाकर्मीहरुले आगलागीलाई नियन्त्रणमा लिएका छन् । २०४६ सालको आन्दोलनदेखि २०६२÷६३ सालको आन्दोलनका समयमा पनि प्रर्दशनकारीहरु संसद भवनतर्फ अघि बढ्न सकेका थिएनन् ।
सरकारले तोकेको निषेधित क्षेत्रमा केही झडप हुने गरेको भएपनि संसदभवन भित्रै छिरेका भने थिएनन् । लोकतन्त्रका लागि भएको ६२ ६३ को २२ दिने आन्दोलनमा समेत संसद भवन सुरक्षित थियो । त्यही आन्दोलनले २४० बर्षिय शाह बंशीय शासन ढलाउन सफल भएको थियो ।
तर, सोमबार जेएनजीको शान्तिपूर्ण प्रर्दशन भनिएको आन्दोलनको केही समयभित्रै संसदमा आगो लाग्नु दुई जनाले ज्यान गुमाउनुलाई साधारण रुपमा भने हेरिनु हुँदैन । भ्रष्टाचार र सामाजिक सञ्जाल वन्दको विरोधमा भएको जेएनजी प्रर्दशनीमा संसदमा आगो लाग्नुमा सरकारको सुरक्षा कति फितलो रहेछ भन्ने कुराको संकेत गरेको छ ।
इतिहासमा नै पहिलो पटक संसद छिरेर प्रर्दशनकारीले आगो लगाए

Add Comment