काठमाडौं । जेनजी आन्दोलनका क्रममा ६ सय ३३ जना घाइते हुँदा जम्मा २४ जनालाई प्रहरी गिरफ्तार गरेको थियो । यो तथ्यांकले के देखाउँछ भने सरकार जेनजी आन्दोलन भरसक दवाउने पक्षमा थियो । हालसम्मको राजनीतिक आन्दोलन वा अन्य आन्दोलनका क्रममा भएका घटना हेर्ने हो भने प्रर्दशनकारी बढी गिरफ्तार र थोरै मात्र घाइते हुने गर्दथे ।
तर, जेनजी आन्दोलनमा भने सोचेभन्दा फरक ढंगले प्रहरी परिचालन भएको हो घटनालाई बढी दवाउने किसिमको अगाडि बढेको देखिन्छ । आन्दोलनका क्रममा प्रर्दशनकारीहरुलाई गिरफ्तार गर्ने बल प्रयोग गर्नु पर्ने अवस्था आएमा पानीको फोहोरा प्रयोग गर्ने, अश्रँुग्याँस प्रयोग गर्ने, लाठी चार्ज गर्ने र पनि नभएमा र सार्वजनिक सम्पत्तिमाथि ध्वंस गर्न खोजेमा घुँडा मुनि गोली हान्ने गरिन्छ ।
यी सवै कुराहरुलाई पाखा लगाएर जेनजी आन्दोलमा सहभागी भएका युवा विद्यार्थाीहरुलाई छाती र टाउको ताकेर गोली हानेकै कारण घटनाले उग्र रुप लिएको हो । त्यसमा पनि जेनजी प्रर्दशनीमा विभिन्न राजनीतिक दलका युवा नेताहरु प्रवेश गरेको, सरकारका तर्फबाट पनि ‘फिजिलान्ते’ प्रयोग भएको आशका गरिएको छ ।


Add Comment