काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडिएको गिरीवन्धु टि स्टेट जग्गा प्रकारण अव के हुन्छ भन्ने कौतुहलता हिजोबाट छाउन थालेको छ । झापास्थित गिरी बन्धु टी स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा म्द्दा दर्ता गराई सो कार्य रोक्न सफल भएका अधिवक्ता ओमप्रकाश अर्याल अहिले आफैं गृह र कानुन मन्त्री बन्न सफल भएका छन् ।
आफ्नै हातमा डाडु पन्यू भएको बेला आफैले दर्ता गराएको मुद्धालाई जतिसक्दो चाँडो किनारा लगाउनु पर्ने अवस्था देखिएको छ । अर्यालकै भनाईमा पनि सो जग्गामा अवौं रुपैयाँको चलखेल भएको छ । त्यही भ्रष्टाचार, अनियमितता र बेथिति रोकिनु पर्ने भन्दै जेनजी जी प्रदर्शनले आन्दोलनको रुप लिएर सत्ता ढलेको छ । अनि अन्तरिम सरकारमा अर्यालले महत्वपूर्ण मन्त्रालय सम्हालेका छन् ।
हुन त आन्दोलनका क्रममा सर्वोच्च अदालत जलेर खरानी भएको छ । सर्वोच्च जलिरहँदा कपितय कागजात नष्ट पनि भए होलान् । तर तात्कालिन अवस्थामा मुद्धा दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालसँग प्रमाण प्रशस्त पुग्ने आधार सहितका कागजपत्र छन् । सोही आधारमा उनले मुद्धा दायर गरेका पनि हुन् । त्यसकारण पनि त्यसबेला गिरीवन्धु टी स्टेटको विषयमा मुद्दा दायर गरेको अर्यालले यसलाई आफ्नै कार्यकालमा मुद्दाको टुङ्गो लगाई सो गिरीवन्धु जग्गा प्रकरण ‘दूधको दूध र पानीको पानी’ छुट्याउन । अन्यथा हात्ति आयो हात्ति आयो फुस्सा हुने देखिन्छ ।


Add Comment